जमैकाकी टोनी भइन् यस वर्षकी ‘मिस वल्र्ड’
screennepal
प्रकाशित: २०७६, २९ मंसिर आईतवार
no img

यस वर्षको ‘मिस वल्र्ड’ उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । विश्वका १२० मुलुकका सुन्दरीलाई पछि पार्दै सिंह ६९औँ मिस वल्डको उपाधि जित्न सफल भएकी हुन् ।
विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका रुपमा लिइन्छ । शनिबार राति लण्डनमा सम्पन्न प्रतियोगितामा जमैकाकी टोनी एन सिंहले निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिादै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

Newly crowned Miss World 2019 Miss Jamaica Toni-Ann Singh smiles as she poses with her crown during the Miss World Final 2019 at the Excel arena in east London on December 14, 2019. (Photo by DANIEL LEAL-OLIVAS / AFP) (Photo by DANIEL LEAL-OLIVAS/AFP via Getty Images)


यस्तै, प्रतियोगीतामा फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी सुन्दरी अनुष्का श्रेष्ठले भने ‘मिल्टिमिडिया अवार्ड’ जतेकी छन् ।
यसअघि गत वर्षको ‘मिस वल्ल्ड’मा पनि मल्टिमिडिया अवार्डमै मिस नेपाल शृंखला खतिवडाले चित्त बुझाएकी थिइन् । मल्टिमिडिया अवार्डको विजेता घोषित भएपछि मिस नेपाल अनुष्काले फेसबुकमार्फत आफ्ना शुभेच्छुकसँग खुसी साटेकी थिइन् । तर, उनी त्यतिमै सिमित भइन् । त्यसअघि आफ्नो समूहमा हेड टु हेड च्यालेन्ज जितेर मिस नेपाल अनुष्काले प्रतियोगिताको शीर्ष ४० स्थान सुरक्षित गरेकी थिइन् । उनी ब्युटी विथ पर्पोजको विधाको शीर्ष १० सम्म पर्न सफल भएकी छन् ।

Comments