म्युजिक खबर म्युजिक अवार्ड : प्रमोद र मीना उत्कृष्ट
screennepal
प्रकाशित: २०७६, २१ मंसिर शनिबार
no img

बरिष्ठ गीतकार किरण खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गर्दै ‘आठौ“ प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड–२०७६’ सम्पन्न भएको छ । गीतकार खरेललाई २५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिएको हो ।
विभिन्न संगीतका ४० विधामा प्रदान गरिएको अवार्डमा गायिका मिना निरौला ‘देउरालीको फूल’ र गायकमा ‘यो कुरा गोप्य’ सुगम संगीततर्फ उत्कष्ठ ठहरिए । त्यस्तै, पप गायनतर्फ टीका प्रसाई ‘लुकी लुकी’ र महेन्द्र रायमाझी ‘हेर यी आ“खामा’मार्फत अवार्ड पाएका छन् ।


कार्यक्रममा दशकको स्रष्टा सम्मानबाट संगीतकार आलोकश्री र गायिका सिन्धु मल्ललाई सम्मान गरिएको थियो भने युवा प्रतिभा सम्मानबाट गायक नवीन पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै, बालप्रतिभा प्रोत्साहन सम्मानबाट गायिका क्रिस्टिना श्रेष्ठलाई सम्मान गरियो भने वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत जननी जन्मभूमिश्चबाट रमेश दाहाल, पप संगीतकार आशिष अबिरल ‘लुकी लुकी’बाट र सर्वोत्कृष्ट पप गीतकार डीपी खनाल ‘आ“खामा गाजल’ बाट अवार्डेड भए ।


त्यस्तै, उत्कृष्ट महिला गीतकार, दाना श्रेष्ठ कादम्बरी ‘लैजाउन मलाई’, सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका विन्दु परियार ‘पहिलो नम्बरमाड फिल्म ‘छक्का पञ्जा’, सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक डेविट शंकर ‘पहिलो नम्बरमा’ र यसै चलचित्रबाट दिपक शर्माले अवार्ड पाए ।
यस्तै, सर्वोत्कृष्ट चलचित्र गीतकार एकनारायण भण्डारी ‘जिन्दगी नै भन्दिनँ’ चलचित्र ‘ए मेरो हजुर–३’, लोकगीत पुरुषतर्फ अशोक मुकारुङ ‘चैते दशैंलाई’ महिलातर्फ कृष्णा परियार ‘खबर पाइनँ’, सांस्कृतिक गीततर्फ हरिमाया गुरुङ र कृष्णमान श्रेष्ठ ‘लमजुङ्गे ठाडो भाका’ बाट अवार्ड पाउन सफल भए ।
यस्तै, नव प्रतिभा महिला लोकदोहोरीमा सुस्मिता घर्ती ‘आकाश रुन्छ’ पुरुषतर्फ देवानारायण मगर, संगीत संयोजन लोकदोहोरी जुजु गुरुङ, मिक्सिङ लोकदोहोरी मानबहादुर बराल ‘बोल माया’ र शब्द लोकदोहोरीमा रमेश बिजीले अवार्ड पाए ।
कार्यक्रममा भाका लोकदोहोरीतर्फ वसन्त थापा, ‘लोभी आँखा’ गायिका लोकदोहोरीमा लक्ष्मी मल्ल, गायकतर्फ कुलेन्द्र विक ‘सालको पात’ र सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड गलबन्दीबाट (प्रकाश सपुतले अवार्ड पाएका छन् ।
त्यस्तै, मोडल पुरुष लोकदोहोरीमा सन्दिप न्यौपाने, महिला लोकदोहोरी मोडल अञ्जली अधिकारी र सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी स्मृति तिमिल्सिनाले अवार्ड पाए । यस्तै, गजलतर्फ ‘भए पनि अफगान’ बाट लोकराज अधिकारीले अवार्ड पाए ।

Comments