‘मिस पुर्वाञ्चल’को दशौँ संस्करण सुरु, पहिलो अडिसनमा १९ छानिए
screennepal
प्रकाशित: २०७६, ५ मंसिर बिहीबार
no img

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस पुर्वाञ्चल’को दशौँ संस्करण सुरु भएको छ । प्रतियोगिताको पहिलो अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगी सहभागी भएका थिए । अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइँकेल, मिस पुर्वाञ्चल–२०१४ नेमिता आङबुहाङ लिम्बु, मिस पुर्वाञ्चल–२०१६ फस्ट रनरअप इक्सा मादेन, मिस पुर्वाञ्चल २०१७ फस्ट रनरअप सिम्रन श्रेष्ठ र मिस पुर्वाञ्चल–२०१८ की फस्ट रनरअप अनिला क्षेत्री थिए ।


सहभागीहरुको योग्यता र पर्फर्मेन्सअनुसार ‘मिस पुर्वाञ्चल–२०१९’ को अन्तिम प्रर्तिस्पर्धाका लागि छानिने जनाइएको छ । त्यस्तै बिराटनगर, इटहरी र दमकमा समेत अडिसन गरिने निर्देशक सौरभ श्रेष्ठले बताए ।
अडिसनबाट छानिएका १९ देखि २१ जनासम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगिहरुलाई व्यक्तित्वविकास, फेशन, ¥याम्पवर्क, सौन्दर्य, पर्यटन, क्याटवाकलगायतका विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण दिइनेछ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने भएकी छन् । प्रतियोगितालाई प्रदेश न १ तथा पुर्बी क्षेत्रब्यापी र पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।
नेपाल आईस ‘मिस पुर्वाञ्चल–२०१९’को अन्तिम प्रतिस्पर्धामा विजेताले उपाधिसँगै दुई लाख रुपैयाँ नगद र अध्ययनका लागि छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका ग्रान्ड फिनाले आगामी ५ पौषमा धरानमा हुने जनाइएको छ ।

Comments