गीतले भन्छ, ‘पैसा नै सबै थोक होइन’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २४ कार्तिक आईतवार
no img

गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलको गीत यु–ट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा नरेशकुमार प्रधानको शब्द र सजल न्यौपानेको संगीत रहेको छ । बुनुको यो सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन’ भन्ने भाव बोकेको छ ।
पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिँदैन भन्ने कथा गीतले बोकेको छ । गीतको भिडियोमा बर्षा राउत, गजित बिष्टलगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।

Comments