८० डिजाइनरको ‘ड्रेस टु इम्प्रेसन-२’
screennepal
प्रकाशित: २०७६, ९ आश्विन बिहीबार
no img

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’ आईआईएफटीका करिब ८० जना प्रशिक्षार्थी डिजाईनरबीच फेसन डिजाइनिङ प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक संस्था आईआईएफटीको दोश्रो संस्करणको ‘ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता यही ११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटारस्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना हुँदैछ । उक्त प्रतियोगितामा ८० जना फेशन डिजाइनरहरु आफैँले तयार गरेका पहिरनमा र्याम्पमा उत्रनेछन् । ६० महिना यताबाट फेसन डिजाईन पढिरहेका विधार्थीले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको आईआईएफटीका निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।
ती डिजाईनरहरुको फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति आईआईएफटीको कार्यलयमा बुधबार सम्पन्न भएको छ । सो प्रारम्भिक प्रस्तुतिमा डिजाईनहरुले आफ्नो डिजाइन र ड्रेसको रंग, डिजाइन, प्रभाव र महत्वबारे प्रकाश पारेका थिए । आफुले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए ।
प्रारम्भिक प्रस्तुतिको निर्णायकमा पत्रकार डब्बु क्षत्री, गायिका÷नायिका बिष्णु चेम्जोङ, टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र टेक्नोलोजीका एकेडेमीक निर्देशक राजु सुवाल थिए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका विधार्थीको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो । यो प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी, फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन् ।

Comments