रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ३० भाद्र सोमबार
no img

गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार पारिएको गीतिसंग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ ।
एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उक्त एल्बम विमोचन गरिएको हो ।
विमोचित एल्बममा तामाङ सेलो शैलीका चार वटा गीतहरु समावेश छन् । शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक अनिल लामाकै संगीत निर्देशन छ भने शब्दहरु साङ्गे ब्लोन तामाङले रचना गरेका हुन् ।
एल्बममा समावेश ‘गोरी गोरी मैच्याङ्’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ । एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ ।

Comments