तनहुँकी बिनुले जितिन् शीर्ष उपाधिसहित स्कुटी
screennepal
प्रकाशित: २०७६, २९ भाद्र आईतवार
no img

‘मिस गुरुङ इन्टरनेशनल–२०१९’को उपाधि बिनु गुरुङले जितेकी छन् । शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको यस तेस्रो संस्करणमा आफ्ना १४ प्रतिस्पर्धीलाई उछिन्दै तनहुँकी बिनु यस वर्षकी ‘मिस गुरुङ इन्टरनेशनल’ बन्न सफल भएकी हुन् ।
प्रतियोगिताको शीर्ष विजेता बिनुले ताजसहित स्कुटी तथा विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेकी छन् । उनले एक फिल्मका मुख्य नायिकाको अवसर समेत प्रदान गरिने भएको छ ।
मृगतृष्णा फेसन एण्ड प्रोडक्शनद्वारा आयोजित ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि १५ जना गुरुङ सुन्दरी फाइलनमा पुगेका थिए । उनीहरुमध्येबाट लमजुङकी आसिन गुरुङ फस्ट रनअप र पोखराकी अञ्जु गुरुङ सेकेण्ड रनरअप भएका छन् । उनीहरुले क्रमशः थाइल्याण्ड भ्रमण र फेसन डिजाइनिङ कोर्षका लागि फुलस्करशीप पाएकी छन् । फस्ट रनरअप आसिनले थाइल्याण्ड भ्रमण र सेकेण्ड रनरअप अञ्जुले फेसन डिजाइनरका लागि फुलस्करशीप प्राप्त गरेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् ।
त्यस्तै, प्रतियोगितामा ‘अर्गनाइजर च्वाइज’ र ‘मल्टिमिडिया’ अवार्ड पनि प्रदान गरिएको थियो । जसअन्र्तगत ‘अर्गनाइजर च्वाइज’ टाइटल गोरखाकी गीता गुरुङले जितेकी छन् । उनले एयर होस्टेज टे«निङका लागि फुलस्करशीप पाएकी छन् भने ‘मल्टिमिडिया’ टाइटल अवार्ड सुनसरी, तरहराकी मेरिजोन गुरुङले जितेकी छन् । उनले पोखरा ट्रिटको अवसर पाएकी छन् । यीबाहेक विजेताहरुलाई विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि सुरुमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए । त्यसपछि टप–४० हुँदै टप–१५ फाइलनका लागि चयन गरिएको थियो । फाइलन राउण्डका लागि धना गुरुङ, अनिता गुरुङ, सिजन गुरुङ, दीपक गुरुङ र तेन्जिङ शर्पा निर्णायक रहेका थिए । कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Comments