ढाका उद्योमी योङहाङ सम्मानीत
screennepal
प्रकाशित: २०७६, २६ भाद्र बिहीबार
no img

महिला उद्योमी तथा ढाकाविद कल्पना योङहाङ लिम्बू ‘औद्योगिक शान्ति नेपाल महिला उद्योमी सम्मान–२०७६’द्वारा सम्मानीत भएकी छन् ।
द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी सञ्चालक एवं फेसन डिजाइनर कल्पना बुधबार राजधानीमा आयोजित एक समारोहमा सम्मानीत भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’मा आयोजकले ढाका उद्योमी कल्पनालाई सम्मान गरेको हो । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपालले सम्मान प्रदान गरेका थिए ।
नेपाली ढाका कपढाको उत्पादन तथा बजार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएकाले कल्पनालाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित ‘लाइभटाइम एचिभमेन्ट’ प्रदान गरिएको छ । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो क्षेत्रबाट अतुलनीय योगदान गर्ने स्रष्टा र प्रतिभाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सुगमसंगीततर्फ गायक रमेशराज भट्टराई, गायिका रेणु मोक्तान, गीतकार डा. डिआर उपाध्यायलाई लागि सम्मान प्रदान गरिएको थियो ।

Comments