भुटानी चेलीले गाइन् जब सलल बग्यो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २३ भाद्र सोमबार
no img

पछिल्लो समय नेपाली गीतसंगीतको दायरा बढिरहेको छ । यु–ट्युब च्यानलहरुले गर्दा नेपाली गीतले पनि विश्वव्यापी हुन पाइरहेका छ । यसैबेला यो क्षेत्रमा नयाँ–नयाँ कलाकार र प्रतिभाहरुको आगमन बढ्दै गएको छ । यो नेपाली गीतसंगीतको क्षेत्रका लागि अवश्य खुसी खबर हो ।
यस्तै, नेपाली गीतसंगीतमा नेपालीमूलकी भुटानी गायिकाको प्रवेश भएको छ । भुटानकी गायिका दीपा मोक्तानले नेपाल आएर रेकर्ड गराएको ‘सलल बग्ने’ बोलको गीत सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको उक्त गीतमा भुटानी चेली दीपासँगै गायक निरज लामाले स्वर दिएका छन् । गीतमा दीपाको स्वर माधुर्य सुनिएको छ ।
नेपाली गीतसंगीत क्षेत्रका लागि दीपा नौलो भएपनि भुटानमा केही गीत गाइसकेकी छन् । दीपाको स्वरमा मिठासपना छ र गायनशैली हल्का छ । त्यसैले नेपाली गीतसंगीतको क्षेत्रमा दीपाको भविष्य उज्ज्वल देखिन्छ ।
‘नेपालका लागि म नौलो छु’ उनले गीत रेकर्डिङका बेला भनिन्, ‘यहाँहरुको माया र हौसला पाएँ भने नेपाली गीतसंगीतलाई निरन्तरता दिनेछु ।’
सार्वजनिक गीतमा शब्द खड्क भट्टराईको रहेको छ भने संगीत र म्युजिक एरेञ्ज निरज लामाले गरेका छन् । निरज नेपाली गीतसंगीतको क्षेत्रमा कुसल एरेञ्जर हुन् । पुतलीसडकस्थित ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको उक्त गीतलाई स्टुडियो भिडियोका रुपमा प्रस्तुत गरिएको हो ।
‘गीत निकै राम्रो लाग्यो’ चर्तित गीतकार तथा एमएमएस इन्टरटेनमेन्टका निर्देशक दर्पण राईले भने, ‘त्यसैले दीपाको गीतलाई प्रमोशनमा थप टेवा पुगोस् भनेर स्टुडियो भिडियो बनाएका हौँ ।’ उनले गायिका दीपाको गायन क्षेत्रमा उज्ज्वल भविष्य रहेको पनि बताए ।

https://www.youtube.com/watch?v=_rFdRDP-zzk

Comments