आयो चुँडामणिको ‘गोर्खाली’ (भिडियोसहित
screennepal
प्रकाशित: २०७६, २२ भाद्र आईतवार
no img

गायक चुँडामणि मगरको नयाँ गीत सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा हाल मलेसियामै रहेका गायक मगरले उत्तैबाट आफ्नो ‘गोर्खाली’ बोलको लोकगीत सार्वजनिक गरेका हुन् ।
गायक मगरको यो पछिल्लो सार्वजनिक गीत तथा भिडियोमा नेपालीपन झल्काइएको छ । ‘गोर्खाली’ गीतमा शब्द भद्र नकालको रहेको छ भने संगीत युवराज केसीले गरेका हुन् ।
कृष्ण फिल्मस् एण्ड एर्भटाइजिङको पोष्ट प्रोडक्शनमा निर्माण गरिएको यस भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । भिडियोमा चर्चित लोकगायक रामजी खाँड र उनका साथीहरुलाई फिचरिङ गरिएको छ । भिडियोका लागि निकै मिहिनेत गरिएको देखिन्छ । दुर्गा पौडेलले छायाँकन तथा सम्पादन गरेको यस भिडियोलाई यु–ट्युबका दर्शकले रुचाएका छन् ।
पछिल्लो समय लोकगीतमा फास्ट डान्सिङ बिटको ट्रेण्ड चलिरहेको छ । यसैबेला गायक मगरले पनि त्यही ट्रेण्डलाई फलो गरेका छन् । ‘ट्रेण्ड’अनुसार यसपटक गायक मगर चर्चामा आएका छन् ।
सानैदेखि गीतसंगीतमा रुचि राख्र्दै आएका उदयपुरका गायक मगरले यसअघि विभिन्न गीतमा स्वर दिइरहेका छन् । उनले राजशुक्र लिम्बूलगायतको संगीतमा ‘तिमीलाई विश्वास गरेर’ र ‘उदायो बिहानी’जस्ता गीतहरु गाइसकेका छन् । यसैक्रममा पछिल्लो समय गायक मगरले ‘गोर्खाली’ बोलको यो गीत ल्याएका हुन् । उनले अनलाइनमा कुरा गर्दै भने, ‘मैले नयाँ गीत गोर्खाली ल्याएको छु । यस गीतबाट निकै आशावादी छु ।’

Comments