न्युयोर्कमा ढाकामा खुले मोडलहरु (फोटोफिचर)
screennepal
प्रकाशित: २०७६, ६ भाद्र शुक्रबार
no img

अमेरिकाको न्युयोर्कस्थित एक ब्युटि कन्टेस्टमा ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’ले तयार पारेको ढाका पहिरनमा सुन्दरीहरु स्टेजमा उत्रँदा दर्शकको वाहवाही पाए । यही १७ अगष्टमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०१९’ नामक सौन्दर्य प्रतियोगिताको सहभागीलगायत चर्चित मोडलहरु विभिन्न डिजाइनका ढाका पहिरनमा उत्रिएका थिए ।


उक्त प्रतियोगितामा ‘ढाका कलेक्शन’ नाम दिइएको सिक्वेन्समा द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकी प्रोपाइटर तथा डिजाइनर कल्पना योङहाङ लिम्बूले तयार पारेका ढाका पहिरन प्रस्तुत गरिएको थियो । प्रस्तुत मोडलहरु ढाका पहिरनमा गजबले खुलेका थिए । अमेरिकामा यसरी भव्यरुपमा ढाका पहिरन प्रदर्शन गरिएको यो पहिलोपटक हो ।

नेपाली ढाका कपडा तथा पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै आएकी कल्पनाले भनिन्, ‘यसपटक न्युयोर्कमा शो गरिएको छ । जसले ढाका प्रवद्र्धनमा थप टेवा पुगेको छ ।’ कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका मोडलहरुले ढाका पहिरनमा स्टेज नापेका थिए । उक्त कार्यक्रममा नेपालबाट चर्चित मोडलहरु सहभागी भएका थिए ।


प्रतियोगितामा ‘मिस नेपाल नर्थ अमेरिका–२०१९’को उपाधि न्यूयोर्ककी श्रेया गजुरेल जितेकी छन् । दोश्रो संस्करणको ‘मिस नेपाल नर्थ अमेरिका’का लागि अन्तिम १६ प्रतियोगीबाट फस्ट रनरअप भ्यानकुभर क्यानडाकी आस्था पाण्डे र सेकेण्ड रनअप म्यासाचुसेट्सकी कृति केसी भएका छन् ।

प्रतियोगितामा मिस ट्यालेन्ट रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच गरिमा पौडेल, मिस पपुलर राजश्री आचार्य, फोटोजेनिक आस्था थापा मगर, मिस स्माइल सविना पौडेल, मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी, मिस पर्सोनालिटी मनिषा रोका, मिस डिसीप्लेन रिस्ता साह, मिस क्याटवाक बिष्णु मिश्रा, मिस पर्सोनालिटी आस्था पाण्डे, मिस राईजिङ स्टार एञ्जिला अधिकारी, मिस स्किन आस्था थापा मगर र मिस बेस्ट हेयर रिस्ता शाहले सबटाइटल पाए ।


प्रतियोगिताको निर्णायकमा ‘मिस नेपाल वल्र्ड–२०१८’की शृँखला खतिवडाका अलावा नामगेल लामा, अधिवक्ता बासु फुलारा, गायक एड्रिएन प्रधान, अबुबोकोर हनिप र राजु श्रेष्ठ थिए ।



Comments