‘मायाले’ भन्दै खगेन्द्रसँग सुनिताको कम्ब्याक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २१ श्रावण मंगलवार
no img

एक समयकी चर्चित गायिका हुन् सुनिता सुब्बा । पुर्वेलीमात्र नभएर आधुनिक गीतमा समेत उनको छुटट्ै पहिचान छ । सुनिताका दर्जनौँ गीतहरु मर्मस्पर्शी र कालजयी छन् । यिनै बरिष्ठ गायिका एक पुर्वेली लोकगीतमा गायक खगेन्द्र याक्सो लिम्बूसँग देखिएकी छन् । गीतकार समेत रहेका खगेन्द्रसँग सुनिताको यो करिब १३ वर्षपछिको कम्ब्याक हो ।
बरिष्ठ गायिका सुनिता र खगेन्द्रले सहकार्यमा दर्जनौँ गीत गरेका छन् । तर, केही अन्तराल उनीहरुको सहकार्य टुटेको थियो । कारण अरु केही नभएर आ–आफ्नै व्यस्तताले हो । अहिले फेरि पुर्बेली लोकगीत संगीतमा ‘मेलाडी किङ’का रुपमा चिनिएका गायक खगेन्द्रले सुनितालाई पुनरागमन गराएका हुन् ।
सुनिता र खगेन्द्रको स्वरमा हालै ‘मायाले पर्खी बसेको’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोकलयको उक्त गीतमा मौलिकतासँगै कर्णप्रिय लाग्छ ।
पछिल्लो समय सुनिता र खगेन्द्रको सहकार्यमा तयार भएको ‘मायाले पर्खी बसेको’ बोलको गीतले सुनिताको गायनलाई समेत पुर्नताजकी गराएको छ । सुनिता स्वरमा मिठास छ, माधुर्यता छ अनि कर्णप्रियता पनि । जसलाई खगेन्द्रको शब्द र संगीत शिल्पीले झनै सुन्दर बनाएको छ ।
‘मायाले पर्खी बसेको’ बोलको उक्त गीत मेलोडियस छ । यो गीत सुनेपछि लाग्छ, ‘लोकसंगीतमा पनि मेलोडियस पाइने रहेछ । गीतको भाव र शब्दचयनलाई जीवन्तता दिन भिडियोले अहंम भूमिका खेल्छ । त्यसैलाई मध्येनजर गर्दै उक्त गीत पूर्वी नेपालको सुन्दर पर्यटकी क्षेत्र तीनजुरे–मिल्के–जलजले र आसपासमा छायाँकन गरिएको छ । त्यसैले उक्त गीत सुन्दा जति आनन्द लाग्छ, भिडियो हरेपछि प्रकृतिको सौन्दर्यमा आफै हराएको आभाष दिलाउँछ ।
भिडियोमा एउटी बिचलित नारीको बेदना र छटपट्टी’लाई चित्रण गरिएको छ । सरल तर गहकिला शब्दसँग खेल्न सिपालु गायक तथा गीतकार खगेन्द्रको प्रयासलाई भिडियोले झनै जीवन्त तुल्याएको छ ।
भिडियोमा पत्रकार टिआर सेनेहाङ र नायिका साहारा खापुङ फिचर्ड छन् । मोडलद्वयले अभिनयमार्फत गीतको भावलाई दर्शक तथा श्रोतालाई बुझाउने प्रयास प्रशंसनीय छ । उक्त भिडियोलाई जीवन श्रेष्ठले खिचेका हुन् ।

Comments