श्रेयाको ‘जुराईदेऊ सोझो पोई’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १८ श्रावण शनिबार
no img

पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसैक्रममा सुमधुर स्वरकी धनी ‘भ्वाईस अफ नेपाल’की सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा मौलिक तीज गीत सार्वजनिक भएको छ ।
गायिका राईको ‘जुराईदेउ सोझो पोई’ बोलको तीज गीत सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसात गर्दै युवतीले हरतरहका परिस्थिति र अवस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस् भन्ने चाह राख्छन् भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।
ओमप्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम.के. निरौलाको संगीत रहेको छ भने मनोज साङ्सोन राईले संगीत संयोजन गरेका छन ।
त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृति लिम्बू, संरचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ललगायतको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन् ।
लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन् भने रमेश भिके रसाइँलीले सम्पादन गरेका छन् ।

Comments