तीज गीत अवार्डमा भिड्ने हो ? खुल्यो आवेदन
screennepal
प्रकाशित: २०७६, ८ श्रावण बुधबार
no img

छायाँछवि क्रियशनद्वारा आयोजित ‘छायाँछवि तीज म्यूजिक अवार्ड–२०७६’को लागि आवेदन खुला भएको छ । अवार्डको यस छैठौंँ संस्करणका लागि तीज गीत दर्ता गर्न आयोजकले सार्वजनिकरुपमा आव्हान गरेको छ ।
नेपाली खासगरी हिन्दु नारीको महान चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्ने मनका वेदना भावनालाई गीतकामार्फत प्रस्तुत गर्ने चलन छ । तिनै गीतलाई समेटिएर यो अवार्ड आयोजना गरिँदै आएको छ ।
पछिल्लो समय गाउँघरका जमघटबाट अझै पर हटेर मुलतः गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बढेको छ । तीजका अवसरमा ८ सयदेखि हजारसम्म गीत प्रकाशित हुने गरेको छ । तिनै तीज गीतका श्रष्टालाई पुरस्कृत एवं प्रोत्साहन गर्ने हेतुले तीज गीत अवार्ड गर्ने सुरु गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकी छन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छैटौँ तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै उनले तीज अवार्ड आगामी १२ भदौमा एक कार्यक्रमबीच काठमाडौंमा प्रदान गरिउने बताए ।

Comments