दर्शकलाई ‘अमिलो मोही’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, ३१ जेष्ठ शुक्रबार
no img

हालैमात्र ‘मध्यरात’मा लिएर आएकी गायिका शर्मिला गुरुङ यसपटक ‘अमिलो मोही’तिर लागेकी छन् । शर्मिला र गायक तिलक गुरुङ मिलेर ‘अमिलो मोही’ बोलको सालैजो ल्याएका छन् ।
‘अमिलो मोही’मार्फत गायिका शर्मिला र गायक तिलकले दर्शकको तिर्खा मेटाउने प्रयास गरेका छन् । गायिका शर्मिलाकै शब्द तथा संगीतमा रहेको ‘अमिलो मोही’मा तिलक गुरुङले स्वर साथ दिएका छन् । बीबी अनुरागीको संगीत संयोजनमा रहेको यो गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।
यस सालैजो गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भट्टकै कोरियोग्राफीमा रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् ।

Comments