राजधानीमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ चन्दै, २० चलचित्र स्क्रिनिङ हुँदै
screennepal
प्रकाशित: २०७६, २५ जेष्ठ शनिबार
no img

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा तीन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६’ सुरु भएको छ । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका थिए ।
आदिवासी जनजाती चलचित्र महासंघद्वारा आयोजित महोत्सवको यो तेस्रो संस्करण हो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सबै कला, संस्कृतिको जगर्ने गर्न सकेमात्र देशमा समृद्धि हुने बताए ।

यसपटक महोत्सवमा विभिन्न आदिवासी जनजातीका २० चलचित्र स्क्रिनिङ हुँदैछ । महोत्सवको पहिलो दिन गुरुङ, लिम्बू, राजबंशी र नेवारी चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा विगतका वर्षहरुमा भन्दा उल्लेख्य दर्शकको सभागिता रहेको छ ।
आ–आफ्नो कला, संस्कृति झल्काउने भेषभूषामा उपस्थित दर्शकले गर्दा महोत्सवमा थप रौनकता छाएको छ । महोत्सव अवलोकन गर्न आउने अथिति तथा दर्शकले लिम्बू, राई, गुरुङलगायत विभिन्न जातजातीका खाना समेत चाख्न पाउनेछ । त्यसका लागि स्टलको व्यवस्था गरिएको छ ।


‘सकेसम्म महोत्सव भव्य बनाउने प्रयास गरेका छौँ’ आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले भने, ‘यसपटक दर्शकको सहभागिता पनि राम्रै छ ।

Comments