युनिका र समिर भए ‘एसईई मोडल हन्ट’
screennepal
प्रकाशित: २०७६, १५ जेष्ठ बुधबार
no img

डिएम इन्टरटेनमेन्ट आयोजक रहेको ‘एसईई मोडल हन्ट–२०१९’को बिजेता युनिका पाठक र समिर तामाङ चुनिएका छन् ।
युनिका फोटो जेनिक र मिस पपुलर उपाधिसहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिससहित छात्रतर्फको बिजेता घोषित भएका हुन् । युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात पारेका थिए । दुबैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस–२ अध्यायनका लागि शतप्रतिशत स्कलरशिप, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको अलवा बिभिन्न गिफ्टसमेत हात पारेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार अबेर साँझ सम्पन्न प्रतियोगितामा छात्रातर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल क्रमश फस्ट रनरअफ र सेकेन्ड रनरअफ घोषित हुँदा छात्रतर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमशः फष्ट रनर अफ र सेकेन्ड रनरअफ हुन सफल भए । सबै बिजेताले अध्ययनका लागि स्कलरशिपलगायत बिभिन्न उपहार जितेका थिए ।

एसएलसी दिएर विभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिष्य खोज्न चाहनेहरुका लागि मध्यनजर गरेर आयोजित प्रतियोगिताको मुख्य आकर्षण धनलाल तामाङ भएका थिए । धनलालले प्रतियोगितामा मिस्टर ह्याण्डसम र मिष्टर पपुलर उपाधि जिते ।
सहभागीलाई समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए ।
सनिष शाक्य कोरियोग्राफर रहेको प्रतियोगितामा अभिनेता अनुपबिक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेशल २०१८ बिजेता धुव्र बुढाथोकी, फेसन कोरियोग्राफर सञ्जय रौनियार निर्णायक थिए ।

Comments