संगीतमालाले मनायो चौथो बर्षगाँठ
screennepal
प्रकाशित: २०७६, १९ बैशाख बिहीबार
no img

संगीत माला रोधी घरले आफ्नो चौंथो बार्षिक उत्सव मनाएको छ। काठमाडौँको गोंगबु मित्रनगर स्थित रोधीघरले गुरुङकलाकार संघका अध्यक्ष राजु गुरुङको अध्यक्षतमा आफ्नो बार्षिकी मनाउदै लोक दोहोरी क्षेत्रका बरिष्ट गायक गायिकाहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा सम्मानित हुँदै गर्दा बरिष्ट लोक गायिका विमाकुमारी दुराले नेपाली गीतसंगीतको जगेर्नाको निम्ति दोहोरि साँझहरुहुनु गौरवको कुरा रहेको बताए। यसै गरि आर्का गायक राजु परियारले सम्मानको निम्ती दोहोरी गीत गायरै धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा विमा र राजुको अलावा, गणेश गुरुङ, हरिमाया गुरुङ लगाएतका गायक गायिका तथा कलाकारहरुलाई सम्मान गरिएको थियो।

दोहोरि साँझ हुँदै आफ्नो करियर शुरुवात र दोहोरि गायिका बाट दोहोरि संचालक भएर आफु जस्तै गायक गायिकाहरुलाई नाम र काम दिन पाएकोमा
खुशी ब्यक्त गर्दै गायिका बिष्णुमाया गुरुङले गीत बाटै सबैलाई धन्यवाद ब्यक्त गरिन।

Comments