इटहरीमा ‘बहुभाषिक संगीत महोत्सव’ हुने
screennepal
प्रकाशित: २०७६, ९ बैशाख सोमबार
no img

एक नम्बर प्रदेश इटहरीमा प्रदेशस्तरीय बहुभाषिक संगीत महोत्सव हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा संगीत साधना प्रतिष्ठान, इटहरीको सहआयोजनामा यही २७ र २८ वैशाखमा हुने दुई दिने बहुभाषिक संगीत महोत्सव हुने भएको हो ।
महोत्सवमा प्रदेशका सबै जिल्लाबाट बहुभाषी संगीत साधक तथा संगीतकर्मीहरूको सहभागिता रहने प्रज्ञा–प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए ।
संयोजक प्राज्ञ राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने उक्त महोत्सव तयारीका लागि शुक्रबार इटहरीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको भेलाले महोत्सवलाई व्यवस्थित र भव्य बनाउनका लागि राम धामीलाई स्थानीय मूल समिति संयोजक चयन गरेको छ ।
यसैगरी दुर्गा पराजुली, सोनु जयन्ती, प्रेम अधिकारी, श्रीप्रसाद पोखरेल, दिनेश कोइराला, नरेन्द्र कटुवाल र बालकृष्ण सिग्देलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

Comments