चिसो-चिसो मौसममा कञ्चन र सोना (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ९ चैत्र शनिबार
no img

पछिल्लो समय गायक कञ्चन थलङ लिम्बू गायनभन्दा अभिनयमा व्यस्त हुन थालेका छन् । प्रथम ‘लिम्बूवान आइडल’समेत रहेका कञ्चन गायकमात्र नभएर अभिनेता पनि हुन् । फिल्म ‘थात्थलो’बाट नेपाली रजतपटमा नायकमा रुपमा डेब्यु गरेका यिनै कञ्चन अभिनीत नयाँ भिडियो सार्वजनिक भएको छ ।
हुन त पछिल्लो समय गायक÷गायिकाहरु नै मोडलिङ र अभिनयमा देखिन थालेका छन् । यस्तै, कञ्चनले पनि गायन र मोडलिङलाई अँगीकार गर्दै आएका छन् । यसैबेला ‘चिसो–चिसो’ बोल गीतको भिडियोमा कञ्चन मोडल सोना पालुङ्वासँग देखिएका छन् । यो भिडियोमा कन्चल र सोनासँगै मनु थक्लुङ र नुमिङ शेर्पाले पनि अभिनय गरेका छन् ।
हालै सार्वजनिक यस गीतको भिडियोमा कञ्चनकै स्वर, संगीत र शब्दरचना रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको यस भिडियोलाई छायांकन तथा सम्पादन बिबी लिम्बू र खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।



Comments