चर्चामा आकशको जाम भनेर बोलाको २ (भिडियो) | Screennepal

चर्चामा आकशको जाम भनेर बोलाको २ (भिडियो)

आफ्नै नामलाई सांगीतिक कोसेलीको नाम दिएर नेपाली सांगीतिक जगतमा झन्डै एक अघि भित्रिएका आकाश तामाङ्ग यतिबेला चर्चामा छन्।
नेपाली सांगीतिक क्षेत्रमा निरन्तर नयाँ नयाँ गीत संगीत लिएर आइरहेका आकाश यसपाली आफ्नै पहिलो हिट गीत “जाउँ भनेर बोलाको” गीतको सिक्वेल निकालेर चर्चामा आएका हुन्।

आफुलाई नेपाली सांगीतिक क्षेत्रमा गायकको रुपमा चिनाउन सफल गीतलाइ नै किन निरन्तरता नदिने भन्ने सोचेर संगीतकार अजित घिसिङ्ग
द्वारा रचित गीत “बजाउदै पन्चे बाजा”लाइ उनले पार्ट २ बनाएर सार्वजनिक गरेको गायक आकाशले बताए।

आकाश संग्रहमै रहेको “जाम भनेर बोलाको तिमीले” को सफलतासंगै स्वदेश तथा विदेशको विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त उनले छिट्टै आफ्ना दर्शक श्रोताहरुलाई अझै राम्रो उपहार लिएर आउने बताएका छन्।

“जाम भनेर बोलाको” गीत जत्तिकै “बजाउदै पन्चे”बाजालाई पनि अत्यधिक मन पराइएको छ। म्युजिक नेपालले बजार ब्यबस्थापन गरेको उनको गीतलाई लाखौले मन पराइ सकेका छन्।

उनको यस म्युजिक भिडियोमा पल शाह र आंचल शर्माको अभिनय रहेको छ भने नितिन चन्दले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन्। नृत्य र अभिनय उत्कृष्ठ रहेको यस म्युजिक भिडियोलाई सुरेश नेपालीले कैद गरेका हुन्।



Facebook Comment