हिमालयन इन्टरनेसनल सर्वोत्कृष्ट मेहेन्दो माया गायिकाको अवार्ड छिमी मम्बा तामाङलाई
screennepal
प्रकाशित: २०७५, १८ फाल्गुन शनिबार
no img

आज काठमाडौँमा हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट मेहेन्दो माया महिला गायिका तर्फको अवार्ड गायिका छिमी मम्बा तामाङले जितेकी छिन् । उनले मेहेन्दो माया गीत साचो तबे बक्सरी बोलको गीतबाट यो अवार्ड जित्न सफल भएकी हुन् ।

उनले यस अगाडी पनि थुप्रै अवार्ड हात पारिसकेकी छिन् भने उनको परिचय पनि मेहेन्दो माया गायिकाको रुपले नै बनिसकेको छ । उनले अवार्डको लागि आयोजक टिमलाई धन्यवाद दिंदै आफ्नो कामलाई मुल्यांकन गरेर धेरै माया दिनुहुने सबै दर्शकहरु प्रति आभार प्रकट गरेकी छिन् ।

गायिका संग संगै उनले तामाङ चलचित्र निर्माणमा पनि हात हालेकी छिन् । पहिलो चलचित्र “सिङला माने” सफल भए पश्च्यात उनले आफ्नो दोस्रो चलचित्र “प्रङ्ना” लिएर आएकी छिन् । उनको आफ्नै कथा लेखन रहेको चलचित्रले चेलीबेटी बेचबिखनको कथा बोल्छ ।

चलचित्रको देशको विभिन्न ठाउँमा च्यारिटी शो भईरहेको छ । अहिले उनि यसै चलचित्रको प्रचार प्रसारमा ब्यस्त रहेकी छिन् । उनि अहिले सफल गायिका संगै सफल निर्मात्री तर्फ अग्रसर हुदैछिन् । आगामी दिन नेपाली चलचित्र पनि निर्माण गर्ने उनले बताएकी छिन् ।

हेर्नुस भिडियो :

Comments