अमेरिकाबाट राजेश अर्यालको “आई लव यु आई मिस यु”, सुनिल र आँचलको ठुम्का
screennepal
प्रकाशित: २०७५, १२ फाल्गुन आईतवार
no img

नेपाली गीत संगीतलाई नजिकबाट नियाल्ने तर बेला बेला गुमनाम हुने गीतकार राजेश अर्यालको नया गीत बजारमा रिलिज भएको छ । उनको नया गीत “आई लव यु आई मिस यु” बजारमा सार्वजनिक भएको हो । यस गीतमा पनि उनले उत्कृष्ट सहयोगको प्रयोग गरेका छन् । गीत आफैमा सुन्दर भएकै कारण होला अहिले युटुबमा यो गीत लोकप्रिय बनिरहेको छ ।

उनको आफ्नै शब्द रहेको गीतमा भूपू पाण्डेको संगीत र अरेन्ज रहेको छ । सोम सुब्बाको एकल आवाजमा यो गीत तयार भएको छ । गीतको शब्द र संगीत पक्ष बलियो देखिन्छ भने म्युजिक भिडियो उस्तै आकर्षक बनेको छ । ज्ञानेन्द्र शर्माको छायांकन, विकास ज्ञवालीको सम्पादन, निश्चल केसीको कोरियोग्राफी र शिशिर श्रेष्ठको निर्देशनमा यो भिडियो तयार भएको हो । भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र रमेश बाबुको अभिनय देख्न सकिन्छ ।

बिगत लामो समय देखि अमेरिका बसेका राजेश अर्यालले गीत संगीतलाई मुटु नजिक राखेर अगाडी बढिरहेका । सबै किसिमका गीत दर्शक श्रोता माझ पेश गरेर आफुलाई फरक रुपले उभ्याउने प्रयास उनको रहेको छ । बिगत केहि समय उनि गुमनाम जस्तै पनि भए तर अहिले उनले फेरी आफ्नो यात्रालाई निरन्तरता दिएका छन् । यहि अनुरुप उनको नया गीतहरु एक पछि अर्को गर्दै बजारमा आईरहेको छ ।

हेर्नुस भिडियो :

Comments