गायक यमन माझीको नया गीत रिलिज, “गाडी स्पिड सयको रफ्तारमा” रीना र अर्जुनको भेट
screennepal
प्रकाशित: २०७५, ६ फाल्गुन सोमबार
no img

गायक यमन माझी र गायिका संगीता अधिकारीको स्वरमा सजिएको “गाडी स्पिड सयको रफ्तारमा” बोलको गीत रिलिज भएको छ । गायिका संगीता अधिकारीको शब्द रहेको गीतमा यमन माझीकै संगीत रहेको छ । गीतलाई लक्षु प्रकाश मल्लले अरेन्ज गरेका छन् ।

गीतको भिडियो पनि उस्तै सुन्दर बनेको छ । चर्चित मोडल रीना थापा मगर र अर्जुन खड्काको यस गीतको भिडियोमा अभिनय रहेको छ । २ जना मोडलको जोडी सुहाउँदो देखिएको छ भने दुवैले भिडियोमा न्याय गरेर अभिनय पनि प्रस्तुत गरेका छन् ।

यमन माझीको छायांकन रहेको भिडियोमा आर.आर सिंखडाको कोरियोग्राफी रहेको छ । पछिल्लो समय चलचित्रमा अभिनय तर्फ अलिक बढी ब्यस्त रहेका यमन माझीले निकै समय पछि आफ्नो नया गीत बजारमा लिएर आएका हुन् ।

गायक देखि नायक बनेका यमन माझी अहिले आफ्नो नया चलचित्रको छायांकनमा नै अलिक बढी ब्यस्त रहेका छन् । आफ्नो नया गीतलाई साथ र माया दिनुहुन र प्रतिक्रिया समेत प्रदान गरिदिनुहुनको लागि उनले सबै दर्शक श्रोतालाई अनुरोध गरेका छन् ।

हेर्नुस भिडियो :

Comments