तुल सामसुहाङ राईको नया प्रस्तुति “लाखौ जुनी”, शर्मिला राई संग देखाए यस्तो अभिनय
screennepal
प्रकाशित: २०७५, २ फाल्गुन बिहीबार
no img

अमेरिकाको ब्यस्त जीवन अनि नेपाली गीत संगीतमा आबद्धता यो सुन्दा नै कठिन लाग्छ । तर यहि कुरालाई सजिलो बनाएर गायक तुल सामसुहाङ राई नेपाली गीत संगीतमा लागिपरेका छन् । हुन त लामो समय उनको यस क्षेत्रमा भएको छैन तर उनले सक्दो कोशिश गरेर आफ्नो नया प्रस्तुति बजारमा लिएर आउने क्रम जारी राखेका छन् । यहि अनुरुप उनले भ्यालेन्टाइन डे को नजिक पारेर आफ्नो पहिलो एल्बम “सुरुवात” को “लाखौ जुनी” बोलको नया गीत बजारमा लिएर आएका छन् ।

प्रताप सुब्बाको शब्द र संगीतमा तयार भएको गीतमा गायक तुल सामसुहाङ राईको स्वर समावेश रहेको छ । गीतमा अशोक राईको अरेन्ज रहेको छ । केहि समय अगाडी नेपालमा आएर आफ्नो “सुरुवात” एल्बम बिमोचन गरेर “माया साराङ हे” बोलको गीत समेत रिलिज गरेका थिए । उक्त गीतले राम्रो सफलता हासिल गर्यो । त्यस पश्च्यात उनले अमेरिकामा नै रहेर “सोय ढोले सोय” बोलको पुर्वेली गीत पनि रिलिज गरे । यसरी केहि समय लिएर नै भए पनि उनले एक पछि अर्को आफ्नो नया नया गीत भने बजारमा लिएर आईरहेका छन् ।

यहि हिसाबले पनि उनले प्रेम दिवसलाई लक्षित गरेर प्रेमभाव बोकेको आफ्नो नया गीत बजारमा लिएर आएका हुन् । गीत संगै गीतको भिडियो पनि राम्रो बनाउने प्रयास निर्माण पक्षले गरेका छन् । अमर थापाको छायांकन रहेको भिडियोमा शर्मिला राईको कोरियोग्राफी रहेको छ । यस्तै भिडियोमा गायक तुल सामसुहाङ राई र शर्मिला राईको अभिनय रहेको छ । भिडियो निर्देशन गर्ने काम तुल सामसुहाङ राई र अमर थापाले गरेका हुन् । प्रेम दिवसको अवसरमा सबै प्रेमजोडीलाई शुभकामना दिदै उनले यो गीत बाहिर लिएर आएका छन् ।

यस्तै उनले आफ्नो गीत र भिडियोमा साथ दिनुहुने केहि बिशेष व्यक्तिहरुलाई धन्यवादको रुपमा सम्झेका छन् । प्रताप सुब्बा, किरण गजमेर, मोनिश चाम्लिङ, हेल्लो नेपाल स्टोर (चन्द्र राई), अमर थापा, मनोज बस्नेत गणेश विश्व र वाईट नेपाल प्रोडक्सनलाई उनले बिशेष धन्यवाद दिएका छन् । यस्तै आफ्नो नया गीतलाई हेरेर आफ्नो प्रतिक्रिया राखिदिनुहुनको लागि पनि उनले सबै दर्शकहरु माझ बिन्ति राखेका छन् ।

हेर्नुस भिडियो :

Comments