भद्रकलाको हङकङमा एकल साँझ, काठमाडौंमा ‘माया’
screennepal
प्रकाशित: २०७५, ३० पुष सोमबार
no img

गीतकार भद्रकला आङबुहाङ राईको पछिल्लो गीति एल्बम ‘माया’ सार्वजनिक भएको छ । समाजसेवी समेत रहेकी गीतकार आङबुहाङको गीति एल्बमलाई आइतबार राजधानीमा एक समारोहबीच बरिष्ठ संगीकार शम्भुजीत बास्कोटा, गीतकार डा. कृष्णहरि बराल, संगीतकार संघका निर्वतमान अध्यक्ष लक्ष्मण शेष, संगीतकार राजु सिंहलगायतले लोकार्पण गरेका थिए ।


गीतकार आङबुहाङको काठमाडौंमा ‘माया’ सार्वजनिक भइरहँदा हङकङमा उनको एकल साँझ भइरहेको थियो । उनको यो दोस्रो एल्बम हो । दोस्रो एल्बम सार्वजनिक भएकै दिन आफ्नो एकल रचनाहरुको गायन साझँ गरेकी हुन् । हङकङमा भएको भद्रकला एकल गायनमा मेगास्टार राजेशपायल राई, बादल लिम्बु, प्रविशा अधिकारीलगायतले गाएका ।
आङबुहाङको ‘माया’मा ११ गीत समावेश छन् । जसमा सुरेश अधिकारी, राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीत रहेको छ भने एल्बममा राजेशपायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निखिता थापाको स्वर छ ।
लामो समयदेखि हङकङमा बस्दै आएकी गीतकार आङबुहाङ समाजसेवामा पनि सक्रिय छिन् । उनी चाँगे माता नामक स्थामार्फत असाहाय अशक्त बिरामीको सहयोग गर्दैै आएकी छन् ।

Comments