मनमायाको ‘लाहुरे दाईको पल्टने झोला’
screennepal
प्रकाशित: २०७५, २० पुष शुक्रबार
no img

पछिल्लो समयकी निकै ब्यस्त गायिका मनमाया वाईबाको नयाँ गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । झ्याउरे भाकामा तयार भएको उक्त गीतमा मनमायाको साथमा गायक नेत्र भण्डारीको स्वर रहेको छ ।
‘लाहुरे दाईको पल्टने झोला’लाई गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय संकलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।
यस गीत ‘लाहुरे दाईको पल्टने झोला’मा निकै मिठा शब्दहरु छनोट गरिएको छ । जसमा हाम्रै गाउँघर पाखापखेरीका साथमा पल्टने लाहुरेको कुरालाई समावेश गरिएको छ ।
सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् । जसमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको शसक्त अभिनय तथा नृत्य रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत निकै राम्रो भन्दै गायिका मनमाया ढुक्क छिन् ।

Comments