कहिले जादैछन् त बोबी हेरौ नर्वे गुमौको बिजेता नर्वे, उमेश र कविताको यस्तो खुलासा (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, ११ पुष बुधबार
no img

स्क्रीननेपाल डटकम :
“बोबी” सबैले सम्झिने एउटा नाम | वास्तविक कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको नाम हो “बोबी” | गत असारमा यो चलचित्र देशभर प्रदर्शन भयो | सोच्दै नसोचेको सफलता यस चलचित्रले हासिल गर्यो | उमेश थापा र कविता गुरुङ जो कि रियल जोडी हुन उनीहरुले नै यस चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका थिए | कलाकार देखि दर्शक सबैले उनीहरुको कथा र अभिनयको तारिफ गरे | चलचित्र हेर्ने जातिले आँखाबाट रोक्न सकेनन |

चलचित्रले नेपालमा मात्र नभएर बिदेशमा समेत उस्तै सफलता हासिल गर्यो | यस्तै चलचित्रले त्यहि बखतमा नै “बोबी हेरौ नर्वे गुमौ” नामक प्रतियोगिताको पनि आयोजना गरेको थियो | उक्त प्रतियोगिताको बिजेता समेत उनीहरुले घोषणा गरिसकेका छन् | यस्तै बिजेता जोडी अब छिट्टै नै नर्वे १ हफ्ताको टुरमा जाने उमेश र कविताले जानकारी दिएका छन् | यस्तै यति बेला उमेश र कविता नेपाल आएका छन् |

यहि मौकामा दर्पण मिडियाले उनीहरु संग अन्तर्वार्ता लिएका छन् | अन्तर्वार्तामा उमेश र कविता संगै निर्देशक मिलन चाम्सको पनि उपस्थिति रहेको छ | अन्तर्वार्तामा उमेश र कविताले धेरै कुरा खोलेर भावुक समेत भए |

हेर्नुस यो अन्तर्वार्ता :

Comments