‘कालो सहर’को गीत सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २९ मंसिर शनिबार
no img

नेपाली फिल्म ‘कालो सहर’को एक गीत सार्वजनिक भएको छ । गायिका अञ्जस पन्त र सञ्जय तुम्रोकको स्वर रहेको ‘कस्तो होला’ बोलको गीत यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुशील क्षेत्री र रविना खड्का फिर्चड छन् ।
पछिल्लो समय सहरमा बढ्दै गएको हत्या, बलात्कार तथा कालोबजारी जस्ता घटनालाई समेटेर निर्माण गरिएको ‘कालो सहर’लाई चन्द खड्का र मुना साउद जिसीले निर्माण गरेका हुन् । । यस फिल्ममा सुशील क्षेत्री, रविना खड्का, सुरज आरडी, तिर्सना बुढाथोकी, लक्षमणबिक्रम बस्नेत, प्रदिप रुम्बा, मिलन क्षेष्ठ, कुमार योगीलगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्ममा बिनोद सापकोटाको छायांकन, राजेन्द्र चौधरीको एक्सन, बिक्रम चौैहानको कोरियोगार्फी रहेको छ । यो फिल्म माघमा रिलिज गर्ने लक्ष्य निर्मणपक्षले लिएको छ ।

Comments