बेलायतबाट हलिउड ट्रेनिङ इन्सिच्युटले बनायो नेपाली कलाकार सहितको आकर्षक भिडियो
screennepal
प्रकाशित: २०७५, २५ मंसिर मंगलवार
no img

स्क्रीननेपाल डटकम :
भनिन्छ नि प्रयास गर्दै गयो भने एक दिन अवश्य सफल भईन्छ | यो कुराको ज्वलन्त उदहारण बनेका छन् नायक रितेश चाम्स | प्रशंसा हलिउड क्षेत्र संग जोडिएको छ जसको अर्थ भने नेपाली चलचित्र क्षेत्र संग सम्बन्ध राख्दछ | हलिउड आफैमा विकसित क्षेत्र | सम्भवत विश्वोका सबै व्यक्तिहरु हलिउड चलचित्र अत्याधिक नै हेर्छन् होला | हाम्रो छिमेकी बलिउडले पनि हलिउड संग टक्कर टक्करको यात्रा गरिरहेको छ | तर नेपाली चलचित्र क्षेत्र त्यो स्तरमा कहिले पुग्ने यहि सबै सेरोफेरो माथिको कुरा संग जोडिने छ |

पछिल्लो समय नेपाली चलचित्र पनि विदेशमा गएर छायांकन हुन सकेको छ | यो पनि प्रयासको नतिजा हो | अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्र चल्न थालेको छ | तर हलिउडमा नेपाली कलाकारको पहुँच अझै पनि पुग्न सकेको छैन | तर नायक रितेश चाम्सले प्रयास भने गरेका छन् | केहि दिन अगाडी मात्र बेलायतको पाईनवुड हलिउड ट्रेनिङ इन्सिच्युटले बनाएको भिडियो दर्पण मिडियाले आफ्नो अफिसियल च्यानलबाट रिलिज गरेको छ | भिडियो आफैमा आकर्षक रहेको छ | भिडियोमा हलिउड कलाकार आना र रितेश चाम्सको अभिनय रहेको छ |

सुन्दर कन्सेप्टमा तयार पारिएको उक्त २ मिनेट १२ सेकेन्डको भिडियोमा नेपाली कलाकार रितेश चाम्सले राम्रो अभिनय प्रस्तुत गरेका छन् | उनको अभिनय रहेको यस भिडियोले नेपाली कलाकारको सम्भावना हलिउडमा केहि हदले बढाएको देखिन्छ | यस हिसाबले के अब नेपाली कलाकारको पनि हलिउड क्षेत्रमा ठाउँ सुनिश्चित भएकै हो त ? केहि हदले यसको उत्तरमा हो भन्न सकिने अवस्था छ | सम्भवत यो नेपाली चलचित्र क्षेत्र र सबै नेपाली दर्शकहरुको लागि पनि खुशी र गर्वको कुरा हो |

रितेश चाम्स लामो समय देखि बेलायतमा बसेर नेपाली चलचित्रमा सक्रिय भएर लागिपरेका छन् | उनले यहि अनुरुप बेलायतमा नै रहेको पाईनवुड हलिउड ट्रेनिङ इन्सिच्युटमा अभिनय लगायत अरु पनि कोर्स लिएका छन् | बाल कलाकार देखि उनले नेपाली रजतपटमा पाईला राखेका हुन् | उनले पछिल्लो समय धेरै नेपाली चलचित्रमा काम गरिसकेका छन् | अहिले उनि आफ्नो नया प्रोजेक्टको लागि ब्यस्त रहेका छन् | हाल उनि नेपाल आएका छन् | यो प्रोजेक्ट आफ्नो लागि निकै स्पेसल रहेको समेत उनले बताएका छन् | हलिउडमा पनि नेपाली कलाकारको आफ्नै सम्मान रहेको समेत उनले जानकारी दिएका छन् |

हेर्नुस भिडियो :

Comments