जेनिशालाई ‘फेस अफ द लिटिल फ्लवर’ उपाधि
screennepal
प्रकाशित: २०७५, २४ मंसिर सोमबार
no img

काठमाडौं । ‘फेस अफ द लिटिल फ्लवर–२०१८’को उपाधि जेनिशा श्रेष्ठले जितेकी छन् । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आफ्ना ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशा यस वर्षकी ‘फेस अफ द लिटिल फ्लवर’ बन्न सफल भएकी हुन् ।
विजेता जेनिशाले एक वर्षको फुलस्करशीप र टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय किड्स प्रतियोगिता सहभागी हुने अवसर पाएकी छन् । जेनिशा हाल लिटिल फ्लवर इङ्लिङ स्कुल शंकमुलमा अध्ययनरत छिन्

आरएनआर ग्रुपद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करणमा अंकिता शाक्य फस्ट रनरअप र गुन्जा ठाकुर सेकेण्ड रनरअप भएका छन् । विजेता तीनै जनाले विभिन्न गिफ्ट ह्याम्पर पाएको आयोजकले जनाएको छ ।
आरएनआर ग्रुपले सौन्र्दय प्रतियोगिताका आलवा विभिन्न सांगीतिक तथा फेसन इभेन्टहरु गर्दै आएको छ । यसैक्रममा बालबालिकाहरुलाई समटेर गत वर्षदेखि ‘फेस अफ द लिटिल फ्लवर’ नामक प्रतियोगिता सुरु गरेको आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । आरएनआर ग्रुप इभेन्ट आयोजना गर्ने उद्देश्यले स्थापना गरिएको पनि मञ्जुले बताइन् ।

Comments