६८औँ ‘मिस वल्र्ड’को ग्राण्ड फिनाले भोली शनिबार चीनको सान्या सहरमा हुँदैछ । ‘मिस वल्र्ड–२०१८’को ग्राण्ड फिनाले हुन गइरहँदा नेपालीमा पनि चासो बढ्दै गएको छ ।
केही सातायता ‘मिस नेपाल–२०१८’की विजेता शृंखलालाई ‘मिस वल्र्ड’ जिताउन सामाजिक सञ्जालमा अभियान चलिको छ । ११८ देशका सुन्दरीले प्रतिस्पर्धा गरेको यस संस्करणमा नेपाली चेली शृंखला खतिवडा अन्तिम ३० मा प्रवेश गरेपछि नेपालीको ध्यान ‘मिस वल्र्ड’तिर गएको हो । यसअघि शृंखलाले दुई अवार्ड जितिसकेकी छन् । यसपटक शंखलालाई ‘मिस वल्र्ड’को दावेदारका रुपमा चर्चा भइरहेका बेला उनलाई हौसला र उत्साह दिन उनका बुबा विरोध खतिवडासहित ३१ जना शुभचिन्तक चीन पुगेका छन् ।
‘मिस वल्र्ड–२०१८’मा श्रृंखलालाई हौसला दिन उनका परिवारसहित आफन्त, शुभचिन्तक, छरछिमेकको टोली बिहीबार चीन पुगेका हुन् । उनीहरुको ती टोलीमा श्रृंखलाका बुबासँगै आमा मुनु सिग्देल पछि छिन् । टोलीमा उनका मामा माइजूसहित परिवारका अन्य सदस्य, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् ।