कोरियामा यी चारैजना अवार्डडेड
screennepal
प्रकाशित: २०७५, १८ कार्तिक आईतवार
no img

कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५औँ लक्जरी ब्राण्ड मोडल अवार्ड : ग्लोबल फेसन वीक २०१८’मा विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले बिभिन्न अवार्ड पाएक छन् ।
नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी भएका विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जितेकी छन् भन् अदितिले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पारे ।
कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चियोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात (११ कत्र्तिकदेखि १५ सम्म’ आयोजित कार्यक्रममा यी सहभागीले नेपालका बिभिन्न कलासंस्कृति बिश्वका सहभागी माझ राखेका थिए ।
नेपालको प्रतिनिधित्व अवार्डमा सहभागीमध्ये अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट–२०१८’की विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनरअप र थर्ड रनरअप बिजेता हुन् ।
अर्का सहभागी विक्रम अदित्य ‘मोडल ‘हन्ट नेपाल–२०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेिस्टवल फेस अफ नेपाल विजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् ।

Comments