‘ए चरी’ माइती सम्झिँदै प्रियंका (भिडियो)
screennepal
प्रकाशित: २०७५, १५ कार्तिक बिहीबार
no img

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार अर्थात दीपावली आउन अब धेरै दिन छैन । तिहारको आगमन नजिकिँदै गर्दा गायिका प्रकृति थलङ लिम्बूको तिहार गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए चरी’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ ।
तिहारलाई चेली–माइतीका पर्वका रुपमा समेत लिइन्छ । प्रकृतिको यो पछिल्लो गीत ‘ए चरी’मा माइती–चेलीकै ममतालाई चित्रण गरेको छ । तिहारमा चेलीले माइतीलाई लगाइदिने भाइटिकाको विशेष महत्व हुन्छ । हरेक चेलीले तिहारमा माइती (दाजुभाइ)लाई टिका लगाइदिने र आर्शीवाद लिने–दिने रहर हुन्छ । ‘ए चरी’ गीतले पनि त्यस्तै भावना उजागर गरेको छ ।
गीतकार माया मगरको शब्दरचना रहेको यस गीतलाई गायक तथा संगीतकार उत्तमजंग लिम्बूले संगीत गरेका हुन् । विज्ञान राईले निर्देशन गरेको यस भिडियोमा प्रियंकाका अलावा राजेश श्रेष्ठ, उत्तमजंगको पनि अभिनय रहेको छ । यस भिडियोका लागि दिनेश माङ्मुले कोरियोग्राफी गरेका छन् ।

Comments