दसैँ छेकमा मेलिना–गोविन्दको ‘आना र सुक्का’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २५ आश्विन बिहीबार
no img

गायक गोविन्द चेम्जुङ लिम्बुको ‘आना र सुक्का’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गोविन्द र पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।
‘आना र सुक्का’ गीतलाई रामजन सुब्बाले लेखेका हुन् । यस गीतमा तारा प्रकाश लिम्बुले संगीत गरेका छन् । ‘पुर्वाञ्चल आइडल–२०१७’का विजेता गोविन्द र मेलिनाको युगल यस गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।
गीत तथा भिडियो सार्वजनिक गरेपछि गोविन्दले भने, ‘गीतसंगीतमा लागेर नै केही गरौँ भन्ने सोच छ ।’ उनले ‘आना र सुक्का’ बोलको गीत लिएर श्रोतामाझ आएको बताउँदै दर्शक÷श्रोताले मन पराइदिने छन् भन्नेमा आफु विश्वस्त रहेको बताए ।
‘आना र सुक्का’ पछिल्ला पिढीले बिर्सदै गएको बेला आफूले पुराना शब्दलाई विउँझाउनका लागि प्रयास गरेको उनले बताए । यस गीतको म्युजिक भिडियोमा अलिसा राई र पुस्कर दाहालले अभिनय गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

Comments