मिलनले निर्देशन गर्ने “ब्याचलर बन्टी” मा अनमोलको लागि उकुसा पक्का
screennepal
प्रकाशित: २०७५, २० भाद्र बुधबार
no img

स्क्रिननेपाल डटकम :
अहिलेका निकै चर्चित र सफल निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नया चलचित्र “ब्याचलर बन्टी” मा लिड नायिकाको रुपमा उकुसा गिरीको नाम फाईनल भएको छ | यस अगाडी नै चलचित्रको मुख्य नायकको रुपमा अनमोल केसी अनुबन्दित भईसकेका छन् | अब यस चलचित्रमा अनमोल र उकुसाको जोडी जम्ने पक्का भएको छ | उकुसाको यो डेब्यु चलचित्र हो | उकुसाले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उकुसाले थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छन् ।

सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यारमा निर्माण हुने सिनेमालाई सुदिप खड्काले निर्माण गर्नेछन् । दशैँ लगत्तै छायांकन सुरु हुने भनिएको यस चलचित्रको सम्पुर्ण छायांकन युरोपका विभिन्न देशमा गरिने निर्देशक मिलन चाम्सले बताएका छन् | अहिले यसै चलचित्रको तयारीमा मिलन चाम्स जुटेका छन् | उनले निर्माण तथा निर्देशन गरेको वीर विक्रम, हेप्पी डेज, लिलिबिली,बलाईनड रक्स र बबी जस्ता चलचित्रले दर्शकहरुको मन अत्याधिक मात्रामा जिते पछि उनि अहिले नेपालको ब्यस्त निर्देशकको सुचिमा सबैभन्दा माथि परेका छन् | उनले भने यसको संज्ञा दर्शकहरुलाई नै दिएका छन् |

दर्शकहरुको माया र साथ बिना आफु अपुरो रहेको उनको भनाई रहेको छ | दर्शकहरुको सल्लहा सुझाबले आफुलाई अझ बढी राम्रो काम गर्ने हौसला प्रदान गरेको उनले बताएका छन् | आगामी दिन अझै राम्रो काम गरेर दर्शकहरुलाई खुशी पार्ने कोशिश आफुले सधैब गर्ने उनले बताएका छन् | उनको यस चलचित्र बाहेक अरु थुप्रै प्रोजेक्ट पनि लाईनमा बसिरहेको छ | आफ्नो परिचयलाई दर्शकहरु माझ कसरी अझ बलियो बनाउदै उनले लिएर जाने हुन् त्यो हेर्न भने बाँकी नै छ |

Comments