सेप्टेम्बर ९ को लागि ” ब्ल्याक समर” टिमले सक्यो सबै तयारी, ईमपाईर हलमा सबैलाई निम्तो
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
no img

स्क्रिननेपाल डटकम :
सेप्टेम्बर ९ अब धेरै दिन बाँकी छैन यो दिन बिशेष छ किन भने यहि दिन बेलायतमा नेपाली चलचित्र ” ब्ल्याक समर” को विशेष हो हुदैछ | यसको अन्तिम चरणको तयारीमा निर्माण पक्ष रहेको छ | प्राप्त जानकारी अनुसार यहि आउँदो सेप्टेम्बर ९ तारिखमा बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा साझ ६ बजे चलचित्र “ब्ल्याक समर” को विशेष शो गरिने भएको छ | निर्माण पक्ष अहिले यहि शो को लागि प्रचार प्रसारमा कुदिरहेको छ | निर्माण पक्षले उक्त विशेष शो मा उपस्थितिको लागि पनि सबै नेपाली दर्शकहरुलाई आमन्त्रण समेत गरेको छ |

सेप्टेम्बर ९ को विशेष शो को लागि निर्माण पक्षले चलचित्रको टिकटको लागि ०७८२८६६५४८७ र ०७४७४६१२९३९ गरी २ नम्बर उपलब्ध गराएको छ | चलचित्र हेर्न इच्छुक व्यक्तिहरुले उपलब्ध गराइएको २ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ | सेप्टेम्बर ९ मा विशेष हो भए पश्च्यात यो चलचित्र बेलायतकै अरु शहरहरुमा पनि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ | यति बेला निर्माण पक्ष यसैको प्रचारमा नै विभिन्न ठाउँहरुमा कुदिरहेको छ | सबैतिरको दर्शकहरुलाई सेप्टेम्बर ९ को विशेष शो लागि निमन्त्रणा समेत निर्माण पक्षले दिएको छ |

चलचित्रमा रितेश चाम्स, रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ | चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, विजय कुमार दुमी र प्रतिमा दुधराज मिलेर निर्माण गरेका हुन् | चलचित्रलाई एल.बि सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् | एक निर्देशकको हिसाबले उनले सक्ने मेहेनत लगाएर यस चलचित्रलाई रंगिन बनाउने पुरा कोशिश गरेका छन् |

पछिल्लो समय सस्पेन्स जनराको नेपाली चलचित्र कमै मात्रामा बनेको देखिएको छ | अझ भनौ भने त एकदम न्यून रुपमा नै यस्ता चलचित्र निर्माण हुने गरेको छ | यो जनरा भने दर्शकहरुको लागि निकै मनपरेको जनरा हो | भनिन्छ सस्पेन्स बिनाको चलचित्र हेर्न मजा आउदैन यस्तो खलेको प्रतिक्रिया अहिलेको युवापुस्ताको मुखबाट धेरै नै सुनिन्छ | तर सबैको इच्छापूर्ण हुने हिसाबले तयार भएको छ चलचित्र “ब्ल्याक समर” | पूर्णरुपले सस्पेन्स भरिएको यो चलचित्र पूर्णरुपले बेलायतमा छायांकन गरिएको छ | चलचित्र प्रेम सम्बन्ध र थ्रिलर एक्सनमा आधारित रहेको छ | निर्माण पक्षको अनुसार चलचित्र सस्पेन्सले भरिएको छ |

चलचित्र वास्तवमा भन्ने हो भने निकै रंगिन बनेको छ | चलचित्रको ट्रेलर र गीतहरु केहि समय अगाडी नै युटुबमा सार्वजनिक भईसकेको छ | चलचित्रमा दर्शकहरुले सस्पेन्स हेर्न पाउनुहुनेछ भने त्यसको साथमा बेलायतको रमणीय दृश्यहरुको पर्दामा अवलोकन समेत गर्न पाउनुहुनेछ | एक हिसाबले भनौ भने हलमा नै बसेर बेलायत घुम्ने मौका | यो कुरा नेपालमा रहेका दर्शकहरुको लागि भने उत्सुकताको बिषय बनेको छ | तर नेपालमा यो चलचित्र प्रदर्शन हुने कुराको टुंगो अहिले सम्म नि लागेको छैन | चलचित्रका लेखक तथा निर्देशक एल.बि सुब्बाले भने अब छिट्टै नै चलचित्रको नेपाल रिलिज मिति सार्वजनिक गरिने बताएका छन् |

यस्तै उनले सम्भवत यहि वर्ष नै यो चलचित्रमा नेपालमा प्रदर्शन हुन सक्ने संकेत समेत दिएका छन् | विदेशमा यस चलचित्रको प्रदर्शन सकिए पछि मात्र नेपालमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना रहेको समेत उनले जानकारी दिए | चलचित्रमा निकै प्रतिभावान कलाकारहरुको अभिनय रहेको छ | रितेश चाम्सको एक्शन र रोमान्टिक अवतारको साथमा अरु कलाकारहरुको पनि भिन्दै प्रस्तुति चलचित्रमा प्रस्तुत गरिएको छ | निर्माण पक्षले पनि चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास ब्यक्त गरेको छ | नेपाली दर्शकहरुको चाहनालाई नै मध्य नजर गरेर यो चलचित्र निर्माण गरिएको निर्माण पक्षले बताएको छ |

हुन त निर्माण पक्षको यत्तिको विश्वासले अवश्य पनि काम गर्ला तर यहाँ चलचित्र नेपालमा प्रदर्शन हुने विषयमा सबैको चाँसो रहेको छ | यस हिसाबले पनि निर्माण पक्षले चलचित्रको नेपाल रिलिज मिति सके सम्म छिटो सार्वजनिक गर्नुपर्ने जरुरी देखिएको छ | सम्भवत बेलायतको विशेष प्रदर्शनले नै यस बिषयमा केहि ठोस निष्कर्ष निकाल्ने छ | तर “ब्ल्याक समर” ले अधिकांश दर्शकहरुलाई मनोरंजन दिलाउने विश्वास भने निर्माण पक्षले व्यक्त गरेको छ |

हेर्नुस ट्रेलर :

Comments