‘भर छैन तिम्रो माया’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, ५ भाद्र मंगलवार
no img

गायक सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियोलाई युटुबमार्फत सार्वजनिक गरिएको हो ।
होमबहादुर घलेले लेखेको गीतमा संगीत गायक अधिकारीकै रहेको छ । उत्सव दाहालले खिचेको यस भिडियोलाई निर्देशन लेखक घलेले नै गरेका हुन् ।
राजु कार्की एरेन्जर रहेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने भिडियोमा पछिल्लो समय रुचाइएकी मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।

Comments