‘जोजोलोप्पा फेशन रनवे’मा सञ्चिता र जयन
screennepal
प्रकाशित: २०७५, ३ भाद्र आईतवार
no img

क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौमा ‘जोजोलोप्पा फेशन रनवे–२०१८’ आयोजना गरेको छ ।
फेशन शोमा नायिका सञ्चिता लुइँटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए भने एक दर्जनभन्दा बढी चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए ।


डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रिएका थिए । यस शोमा नेपालका चर्चित गायक÷गायिकाले सांगीतिक प्रस्तुति दिएका थिए । गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरु जोहेव मानन्धर, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
पूर्वसुचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले उद्घाटन गरेको कार्यक्रमा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिति थियो । फेशन शोमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा भएको थियो । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन् । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् ।
क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ ।

Comments