‘गोर्खाली छोरी…’ बन्दा यस्तो देखिइन् माला लिम्बू (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २४ श्रावण बिहीबार
no img

गायिका तथा संगीतकार निलम रोजु राईको संगीतमा नयाँ आधुनिक गीत ‘गोर्खाली छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुष्पा योञ्जनको स्वर रहेको छ भने शब्दरचना पनि निलमकै रहेको छ ।
‘गोर्खाली छोरी’ गीतको भिडियोमा चर्चित मोडल माला लिम्बू र राम गुरुङले अभिनय गरेका छन् । युगल पोमुले निर्देशन गरेको यस गीतको भिडियोमा नेपाली पन झल्काउने प्रयास गरिएको छ । गीतको भाव र संगीतको पक्षअनुसार भिडियो उत्कृष्ट बनेको छ । यस भिडियोलाई मुकेश हुमागाइँ टीमले छायांकन तथा सम्पादन गरेका हुन् । संगीतकार निलमले केही समयअघि मात्र आफ्नै संगीत र स्वरमा एक भिडियो सार्वजनिक गरेकी थिइन् । अहिले सार्वजनिक गरिएको भिडियो भने गायिका पुष्पाको प्रोजेक्ट हो ।
पछिल्लो समय निलम गायनसँगै संगीतमा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको संगीतमा हिजोआज दिनदिनै गीत तथा भिडियोहरु सार्वजनिक हुन थालेका छन् । उनी भन्छिन्, ‘म संगीतका र हुँ, त्यसपछि मात्र गायिका । त्यसैले मेरो गायनको भन्दा संगीत गरेकै गीत बढी आउँछ ।’

Comments