तीज नजिकिँदै गर्दा प्राश्ना र जुनालाई चाहिँ अर्कै छ व्यथा (भिडियो हेर्नुस् त)
screennepal
प्रकाशित: २०७५, २३ श्रावण बुधबार
no img

गायिका प्राश्ना शाक्य र जुना प्रसाइँलाई तीज आउँदै गर्दा अर्कै व्यथाले छोएको छ । प्राश्ना र जुनाले तीजको पूर्वसन्ध्या पारेर ‘तीज आयो आफूलाई चाहिँ अर्कै व्यथा छ’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । जसमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् । ‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

Comments