‘मिस वल्र्ड डाइभर्सिटी’ जितेपछि युनिताले भनिन्, ‘अब फिल्म खेल्दैछु’
screennepal
प्रकाशित: २०७५, ९ श्रावण बुधबार
no img

युनिता खत्रीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड डाइभर्सिटी’ उपाधी जित्न सफल भएकी छन् ।
यसै साता दुबईमा सम्पन्न ‘मिस वल्र्ड डाइभर्सिटी–२०१८’मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले उपाधि जितेकी हुन् । अन्तिम चरणमा युनितालाई सोधिएको थियो, ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला ? जवाफ उनले भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर नेपालमा मात्र होइन, विश्वभरी नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ ।’ यही जवाफले युनिता नेपालको तर्फबाट अन्तर्राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिताको उपाधि जित्ने पहिलो महिला बन्न पुगिन् ।
उनका अनुसार प्रतियोगिताका बेला धेरै प्रतियोगीले नेपाल भन्ने देश पनि छ र ? भनेका थिए भने कतिपयले नेपाल देशको नाम त सुनेको तर नराम्रो छवि भएको भन्ने बुझेकाले पनि उनलाई चित्त दुखेको गुनासो गरिन् । युनिताले भनिन्, ‘यस्तो अवस्थामा तिनै प्रतिस्पर्धीमाझ आफू अब्बल हुनु भनेको देशलाई चिनाउने एउटा अवसर भएको ठानेकी छु ।’
युनिताले टाइटलसँगै ‘मिस फ्रेण्डशीप’ र ‘मिस डान्सर’ उपाधि समेत जितेकी छन् । आफू ब्युटि प्याजेन्टबाट नै यहाँसम्म आएकाले भविष्यमा पनि यही क्षेत्रमा सक्रिय रहने उनको सोच छ । ‘मिस नेपाल–२०१७’ की निकिता चन्दकसहित उनी निर्माणाधिन चलचित्र ‘रानीमहल’मा अनुबन्धित भएकी छन् । उनले ‘मिस वल्र्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमै गरिने जानकारी पनि दिइन् ।
यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी युनिता ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षकअन्तर्गत उपाधि जितेपछि उअन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी हुन् ।

Comments