गीताको ‘हाङ्नेइल्ले–३’ हङकङमा सार्वजनिक
screennepal
प्रकाशित: २०७५, ८ श्रावण मंगलवार
no img

हङकङमा बस्दै आएकी गीतकार गीता पालुङ्वा लिम्बूको ‘हाङ्नेइल्ले–३’ हङकङमा सार्वजनिक गरिएको छ । लिम्बू भाषाको उक्त एल्बमको १ र २ शृंखला यसअघि नै आइसकेका छन् ।
गीतकार पालुङ्वाको यो पछिल्लो एल्बमलाई किरात याक्थुङ चुम्लुङ हङकङका सांस्कृतिक संयोजक लोकराज आङ्बुहाङ, गीतकार पालुङवाकी आमा मनमाया आङ्बुहाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष असली वनेमलगायतले सार्वजनिक गरेका थिए ।
‘हाङ्नेइल्ले–३’ मा सेमिहाङ सिंगक, यासेली योङ्हाङ, सुमन कुरुभङ लिम्बू, सीता सिंगक, मनु नेम्बाङ, श्रेयसी चेम्जोङ र माया गुरुङको स्वर रहेको छ । त्यस्तै, एल्बममा मनु नेम्बाङ, अशोक लोहोरुङ राई र यासेली योङ्हाङको संगीत रहेको छ । एल्बमका गीतको भिडियोमा गीता पालुङ्वा, प्रेम सुब्बा, यासेली योङ्हाङ लिम्बू, रुकमान लिम्बूलगायतले अभिनय गरेका छन् ।
मनमाया आङ्बुहाङ लिम्बूको प्रस्तुति रहेको एल्बमको गीतहरुलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका छन् । गीतकार पालुङवा हङकङमै बसेर पनि गीतिकारितामार्फत लिम्बु भाषा, संस्कृति र कलाको संरक्षणमा लाग्दै आएकी छन् ।

 

Comments