गीतमा दृष्टिविहिन हुनुको पीडा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २३ असार शनिबार
no img

आँखा नेदख्नु अर्थात दृष्टिविहिन हुनका पीडा उसैलाई थाहा छ, जो दृष्टिविहिन छ । यस्तै दृष्टिविहिन हुनुको पीडालाई समेटेको एउटा गीत तथा भिडियो सार्वजनिक भएको छ ।
गीतकार तथा संगीतकार नीरप्रसाद गुरुङको शब्द रचना तथा संगीतमा ‘यो जुनीमा दृष्टिविना सोचे जस्तो छैन जीवन’ बोलको गीत सार्वजनिक भएको हो । आँखाको ज्योती नभएकाहरुको बेदनालाई समेटिएको यस गीतलाई गायिका सुस्मिता राईले गाएकी हुन् । सुस्मिता पनि दृष्टिविहिन गायिका हुन् ।
यस गीतको भिडियोमा निकै शसक्त बनेको छ । भिडियोमा उर्मिला गुरुङको अभिनय रहेको छ । प्रकाश धितालले निर्देशन रहेको यस उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।

Comments