कोरियन लुक्स मोडल हिरोजन तुम्बाहाम्फे सुब्बा र कल्पना गुरुङको जोडी मलेसियामा नं १ बन्दै
screennepal
प्रकाशित: २०७५, २२ असार शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
कोरियन लुक्स मोडल हिरोजन तुम्बाहाम्फे सुब्बा अभिनित दोस्रो म्युजिक भिडियो यति बेला रिलिज भईसकेको छ | उनि अभिनित दोस्रो म्युजिक भिडियोको गीतको बोल भने “यस्तो एउटा संसार” रहेको छ | यस गीतमा जानु कामबाङ लिङदेनको शब्द, गंगा राज राईको संगीत र उदय राज पौडेलको अरेन्ज रहेको छ | रोमान्टिक भर्सनमा तयार भएको यस गीतमा सुनिता थेगिम र गंगा राज राईको सुमधुर स्वर समावेश रहेको छ | केहि दिन अगाडी मात्र रिलिज गरिएको यस गीतले यति बेला युटुबमा निकै नै राम्रो प्रतिक्रिया पाईरहेको छ | यस्तै गीतले धेरै दर्शकहरुको साथ समेत पाईरहेको छ |

गीत आफैमा पनि निकै नै सुमधुर रहेको छ | गीतमा प्रयोग शब्द र संगीत गीतको बलियो पक्ष हो | यस्तै रोमान्टिक शैलीमा तयार पारिएको यस गीतले प्रेम भावलाई बयान गर्दछ | प्रेममा डुबेका प्रेमीहरुको सपनाको संसारको विश्लेषण यस गीतमा गरिएको छ | गीत यति सुमधुर हुँदै गर्दा यता म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनेको छ | भिडियोमा मोडल हिरोजन संगै कल्पना गुरुङको अभिनय रहेको छ | यी २ कलाकारको जोडी निकै सुहाएको छ भने दुवैले उत्कृष्ट अभिनयको प्रदर्शन गरेका छन् | भिडियोमा फुर्वा दोर्जे मोक्तानको छायांकन, राजेन्द्र खड्काको सम्पादन र अमिर माबोको निर्देशन रहेको छ |

भिडियोको कन्सेप्ट निकै राम्रो रहेको छ | यस्तै भिडियोमा प्रयोग गरिएको दृष्यांकन पनि लोभलाग्दो नै रहेको छ | भिडियोको सम्पूर्ण छायांकन मलेसियामा गरिएको हो | निर्माण टिमले मलेसियाको रमणीय दृश्यहरु भिडियोमा कैद गर्ने प्रयास गरेको छ | यस्तै भिडियो स्तर पनि उत्कृष्ट रहेको छ | सम्भवत यस किसिमको क्वालिटीमा म्युजिक भिडियो त्यो नेपाल बाहिर कमै निर्माण हुने गरेको छ | भिडियो अर्को आकर्षणको केन्द्र मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको अभिनय पनि हो | उनको यो दोस्रो म्युजिक भिडियो हो तर उनले निकै कम समयमा आफ्नो अभिनयमा निखारता लिएर आउन सफल भएका छन् |

पहिली म्युजिक भिडियोबाट नै कोरियन लुक्स मोडलको उपाधि पाएका उनलाई यस म्युजिक भिडियोमा पनि दर्शकहरुले त्यहि उपाधि नै दिनुभएको छ | दर्शकहरुको माया र साथले नै आफु अगाडी बढ्न सकेको उनको भनाई रहेको छ | यस्तै उनले यो साथ र मायाको खाँचो आफुलाई सधै नै रहेको पनि बताएका छन् | यस्तै उनले आगामी दिन अझ बढी मेहेनत गर्ने र अझ राम्रो प्रस्तुति पेश गर्ने कोशिश गर्ने प्रतिबद्धता जाहेर गरेका छन् | यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि देशमा तथा विदेशमा रहनु भएका दर्शक श्रोताहरुलाई अनुरोध समेत गरेका छन् |

हेर्नुस भिडियो :

Comments