‘मोडल हन्ट नेपाल’ चौथो सिजन सुरु
screennepal
प्रकाशित: २०७५, १८ असार सोमबार
no img

काठमाडौं । ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०१८’ को आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
प्रतियोगीताको पहिलो अडिसन आउँदो ५ साउनबाट काठमाडौदेखि सुरु हुँदैछ । काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान , चितवन हुँदै पुन काठमाडौमा आएर सकिनेछ । १८ बर्षदेखि २८ बर्षसम्मका अबिबाहित युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगीतामा केटा प्रतियोगीतको उचाही ५ फिट ८ इन्ट र केटी प्रतियोगीताको उचाही ५ फिट ४ इन्च अनिबार्य हुनेपर्ने आयोजकको प्रावधान छ ।


प्रतियोगीताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिमस्पर्धाका लागि नेक्स्टमोडल्स नेपालका अध्यक्ष रबि धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।’
इन्टरनेसनल मल्टीटक्स अवार्ड बिजेता रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगीतामा पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाह लगायतले अन्तिम प्रतियोगीलाई प्रशिक्षण दिनेछन् ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
भदौको अन्तिमसाता सोल्टी क्राउन प्लाजमा फाइन हुने प्रतियोगीताको शिर्ष बिजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगीताको पुरुष बिजेताले चिनमा आयोजना हुने ‘मिष्टर ओसिस’ र महिला बिजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने बिभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments