सन्ध्याले जितिन् ‘मिस टिन एसइई’ उपाधि
screennepal
प्रकाशित: २०७५, ११ असार सोमबार
no img

सौन्दर्य तथा प्रतिभामुलक प्रतियोगता ‘मिस टिन एसइई–२०१८’ के उपाधि सन्ध्या सिग्देलले जितेकी छन् । स्टार वन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न प्रतियोगितामा सन्ध्याले मिस ब्युटिफुल, मष्ट फोटोजेनिक र सोशलिस उपाधि पनि पाइन् ।
प्रतियोगितामा एलिशा लामिछाने फस्ट रनर्सअप र जेसिका भण्डारी सेकेण्ड रनर्सअप भएका छन् । कार्यक्रममा ईशा कार्की थर्ड रनर्सअपका साथमा मिस क्याटवाक भइन् ।


प्रतियोगितामा निमा लाम्हु शेर्पा मष्ट पपुलर, ललिता वली बेष्ट हेयर, रानिका खनाल मष्ट पे्रmण्डली, यजु तामाङ मस्ट डिसिप्लिन, उच्चता मगर बेष्ट डान्सर, सारिका खडका ब्युटि विथ पर्पस र फेसबुक च्वाईस भएका छन् ।
त्यस्तै, रक्षा न्यौपाने भ्युअर्स च्वाइस, रोशनी थिङ तामाङ बेष्ट स्माइल, स्नेहा न्यौपाने बेष्ट फिजिक, कामना घिमिरे सोशल वेलफेर एम्बेष्डर, सोफिया तण्डुकार मिस टयालेन्ट, श्रेया कार्की बेष्ट स्किन, पृष्पा लुइँटेल बेष्ट स्पिच, जश्मिन शाह बेस्ट पर्सनालिटी, याहाना राई मष्ट फिटनेश, सोनिया श्रेष्ठ मष्ट आइकोनिक आइज र जश्मिन थापा मगर मष्ट गर्जिअस भएका छन् ।
प्रतियोगिताको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले एसइईका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास बृिद्वका लागि प्रतियोगिता आयोजना गरिएको बताइन् ।

Comments