५ जना युवाको सहकार्यमा सुरु भयो P.J.P STEPS ग्रुप, पहिलो प्रस्तुति यसरी हुदैछ सार्वजनिक
screennepal
प्रकाशित: २०७५, ७ असार बिहीबार
no img

स्क्रिननेपाल डटकम :
P.J.P STEPS ग्रुप यो नाम धेरै कामले मात्र सुनेको होला | आखिर के हो त यो धेरैको मनमा प्रश्न पनि उठ्यो होला | P.J.P STEPS ग्रुप मलेसियाबाट ५ जना व्यक्तिहरु मिलेर निर्माण गरेको सांगीतिक ग्रुप हो | एक हिसाबले भन्दा यसलाई ब्याण्डको नामकरण दिदा पनि खास्सै फरक भने पर्दैन | यो ग्रुपमा ५ जना सदस्य टोलि छ | ५ जना नै नेपाली सांगीतिक क्षेत्र संग निकै नजिकको सम्बन्ध राख्ने व्यक्ति हुन् | प्रतिभावान व्यक्तिहरुको एकताले नै यो ग्रुप अगाडी बढेको छ | यो ग्रुप यसमा आबद्ध सबै जना कलाले भरिपुर्ण व्यक्तिहरु हुन् | यो ग्रुपको स्थापना पनि नेपालमा होइन मलेसियामा भएको हो | मलेसियामा बस्ने ५ जनाको सशक्त समुहले यस ग्रुपको निर्माण गरेर अगाडी बढेका हुन् | आखिर के हो त यो ग्रुप र को हुन् त ती ५ जना प्रतिभावान व्यक्ति आज हामी चर्चा गर्दैछौ | पहिला हामी यस ग्रुपको अलिकति कुरा गरौ | भित्रि हिसाबले नै जाने हो भने यो समूह क्रिसियन धर्म संग सम्बन्धित समूह हो । तर काम भने यो समूहको नेपाली गीत संगीत संग नै सरोकार राख्दछ | तर यो धर्म संग समूहको कुरा जोडिदै गर्दा के गीत संगीत पनि धर्म संग सरोकार राख्दछ यो कुरा आउछ | तर स्पष्ट भन्ने हो भने गीत संगीतको कुनै जात र धर्म हुदैन |

अब मुख्य विषयमा प्रवेश गरौ आखिर कसबाट र कसरी सुरु भयो यो ग्रुप त्यो पनि मलेसिया जस्तो ठाउँबाट | यस ग्रुपको सुरुवात रमेश देवकोटाबाट भएको हो । उनि कुशल गीतकार हुन् । उनले एक छुट्टै परिभाषा सोचेर नै यस समूहको निर्माण गरेका हुन् । सिन्धुलीमा घर भएका रमेश हाल भने मलेसियामा रहेका छन् । मलेसियामा नै उनको ३ बर्ष बितिसक्यो । लेखन क्षेत्रमा अग्रसर भएर लागेको चाही २ बर्ष भन्दा बढी नै भयो । उनको शब्दमा तयार भएको “आज भोलि” भन्ने गीत केहि समय अगाडी मात्र रिलिज गरिसकिएको छ । उनको शब्द रचनाहरु धेरै गायकहरुको हातमा पुगिसकेको छ । त्यस हिसाबले अब उनको धेरै गीतहरु आउँ तयारीमा रहेको छ । तर उनको यात्रा भने सांगीतिक क्षेत्रमा लामो नै जाने उनले प्रतिबद्धता जाहेर गरेका छन् |

यस समूहका अर्का व्यक्ति हुन् गायक सुवास थारु । उनलाई गायक मात्रै भन्दा अपुरो होला किन भने उनले आफुलाई गायन, संगीत र गीत कम्पोजिसनमा खरो रुपमा उतारिसकेका छन् । बर्दिया घर भएका उनको मलेसियामा ४ बर्ष बित्यो । तर नेपाली म्युजिक क्षेत्रमा लागेको भने करिब ६ बर्ष बित्न लाग्यो । लामो समय मलेसियामा बिताए पछि अब उनि नेपाल फर्किने सोचमा रहेका छन् । तर नेपालमा आए पनि यस क्षेत्रमा नै आफुलाई ब्यस्त राख्ने उनले उल्लेख गरेका छन् । उनको पनि यस ग्रुपमा ठुलो नै योगदान छ | उनको आगामी दिनको यात्रा के कस्तो रहने छ त्यसको केहि प्रतिशत कुरा भने यस ग्रुपबाट नै निर्धारण हुनेछ |

यस्तै यसै समूह भित्रका अर्का व्यक्ति हुन् पावल तामाङ । कंचनपुरमा घर भएका यी व्यक्तिको भने सानै देखिको रहर थियो यस क्षेत्रमा लाग्ने । समयले साथ दिएर उनि अगाडी बढ्दै गए । मलेसिया उनको बसोबास करिब ७ बर्ष बित्यो । तर नेपाली म्युजिक भिडियो क्षेत्रमा लागेको भने झन्डै ६ बर्ष बित्यो । उनि आफुलाई एक गायकको रुपमा चिनाउने कसरतमा रहेका छन् । तर उनको नेपाली सांगीतिक क्षेत्रमा उदय पनि P.J.P STEPS बाट नै हुदैछ । यसपछिको यात्रा अझ बढी सशक्त हुने उनको विश्वास रहेको छ त्यो संग संगै आफुले उत्तिकै मेहेनतको साथ अगाडी बढ्ने कुरा समेत उनले उल्लेख गरेका छन् |

यो समुहको भित्रको अर्को नाम हो शिलास राई । ४ बर्षको मलेसियाको बसोबास गरेका उनको नेपाल घर भने पूर्वको पाँचथर हो । उनि भने आफुलाई कम्पोजर र गायकको रुपमा चिनाउन चाहन्छन । उनको पनि बाल्यकाल देखि नै यस क्षेत्रमा रुची रहेको उनि बताउछन् । उनको नेपाली सांगीतिक क्षेत्रमा उदय पनि P.J.P STEPS बाट नै हुदैछ । अर्का व्यक्ति हुन् यस समूह भित्रका अनिक के.सी । उनको जन्म हेटौडामा भएको हो । उनि भने आफुलाई गायकको रुपमा बाहिर परिचित बनाउन चाहन्छन । साच्चै नै फरक तरिकाका मान्छेको जमघट र केहि फरक गर्ने सोचले नै यो समूह निर्माण भयो र अहिले निकै राम्रो गतिमा चल्दै पनि छ । हामीले यत्तिका बेर कुरा गर्यो समुह र समूह भित्रको परिचय दिदै तर समूहको काम भने विश्लेषण गर्न बाँकी नै छ ।

यहि P.J.P STEPS समुहको सहकार्य र मलका नेपाली संगतिको प्रस्तुति रहेको “अमुल्य धन” नामक बजारमा ल्याउने प्रयास गरिरहेका छन् । एल्बमको लगभग काम भईसकेको छ । प्राप्त जानकारी अनुसार एल्बममा ७ वटा गीत समावेश रहेको छ । त्यस मध्य ३ वटा गीतको कम्पोज र एउटा गीतमा स्वर सुवास थारुले दिएका छन् । त्यसै गरि एल्बमको एक गीतमा नव गायक पावल तामाङको पनि स्वर रहेको छ । त्यस्तै समूहका अर्का सदस्य शिलास राईले पनि एल्बमको २ वटा गीत कम्पोज र २ वटा गीत गाएका छन् । त्यस्तै एल्बममा समावेश बाँकी २ वटा गीत भने नव गायक अनिल केसीले गाएका छन् । तर यी सबै ५ वटा गीतमा भने रमेश देवकोटाको एकल शब्द रहेको छ ।

एल्बम भित्रको गीतहरु मध्य “वन जंगल” को भन्ने गीतबाट आफु र आफ्नो समूहले अलिक बढी आशा नै गरेको बताउछन् । यस गीतमा चर्चित गायक सबिन लिम्बुले स्वर दिएका छन् । पटक पटक आफ्नो समूहद्वारा तयार पारिएको एल्बम बाहिर निकाल्न खोज्दा समेत केहि कारणहरुले रोकिएको गीतकार रमेश देवकोटा बताउछन् । तर अब आउने क्रिसमस डे मा भने पक्कै पनि आफुहरुको यो एल्बम बजारमा सार्वजनिक गर्ने उनले बताए । यस्तै उनले पहिला एल्बम र एल्बम भित्रको गीतको अडियो मात्र रिलिज गरिने उनले बताए । त्यसपछि गायक सबिन लिम्बुको आवाजमा रहेको “वन जंगल” भन्ने गीतको भिडियो तयार पार्न तर्फ लाग्ने उनले बताए । हुन त यो एल्बम र त्यस भित्रका शब्द रचना र गीतहरु क्रिस्चियन धर्म संग सम्बन्धित छ ।

तर पनि यो समूहले सबैलाई बराबर मानि यस एल्बमलाई बाहिर ल्याउने खोजेका हुन् । एक जोडदार युवाहरुको समूहले सुरु गरेको यस समूहको आगामी दिनको भविष्य कस्तो रहन्छ त्यो त समयले नै बताउने छ । तर यस ग्रुपका निर्माता गीतकार रमेश देवकोटाको अनेकौ कृतिहरु बाहिर अरु सर्जक सामु पुगिसकेको छ । अगाडिको दिन आफ्नो थुप्रै सिर्जना गीतको माध्यमबाट बाहिर आउने उनले बताए । यो समुहको काम उल्लेखनीय छ । विदेशमा बसेर यसरी एक जुट भएर काम गर्नु सबैको लागि एक गहकिलो उदहारण नै साबित भएको छ । यो ग्रुपले बाहिर सार्वजनिक गर्न लागेको एल्बममा समावेश गीतहरुले धेरैलाई फरक किसिमको अनुभूति गराउने विश्वास पनि यस ग्रुपका सदस्यहरुको रहेको छ | ५ जनाको मेहेनत लाग्दै गर्दा अवश्य केहि राम्रै परिणाम नै बाहिर आउछ कि भन्ने अनुमान त उसै पनि लगाउन नै सकिन्छ | तर भोलिको दिन दर्शक श्रोताहरुले यस ग्रुप र यस भित्रका सर्जकहरुको परिचय कसरी तयार गर्ने हो त्यो हेर्न अझै लाएक हुनेछ |

हेर्नुस भिडियो :

Comments