सुस्माको मायामा धोका पाउँदा मर्नु र बाच्नु अवस्थामा पुगे मोडल पवन थिङ (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २८ जेष्ठ सोमबार
no img

स्क्रिननेपाल डटकम :
नव गायक संजय तामाङको “मनमा बास मागी” बोलको गीतको भिडियो रिलिज भएको छ । दुर्गा बान्तवा राईको छायांकन र निर्देशन रहेको भिडियोमा ललित सिंह साउदको सम्पादन रहेको छ । गीतमा भने ए.जे एन.के आर्याको शब्द र बिनय केटुको संगीत र अरेन्ज रहेको छ । भिडियोमा मोडल पवन थिङको फरक अभिनय हेर्न सकिन्छ । यस भिडियोमा पवनको जोडी भने सुस्मा लिम्बु संग बाधिएको छ । म्युजिक भिडियोमा एकसाथ पहिलो पटक देखिएको यो जोडीको अभिनय अवश्य पनि दर्शकहरुलाई मन पर्ने संकेत देखिएको छ ।


लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा आबद्ध भएता पनि यसै गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका नव गायक संजय तामाङको अबको आगामी सांगीतिक यस गीतले नै निर्धारण गर्दछ । यहि कुरालाई खण्डन गर्ने हो भने उनको स्वर र गाउने शैलीको राम्रो प्रशंसा आउने संकेत छ । उनको गीतलाई अझ सुन्दर बनाउने काम भने भिडियोले गरेको छ । बिल्कुलै नया कन्सेप्टमा निर्माण गरिएको भिडियोमा मलेसियाको रमणीय वातावरण क्यामरामा कैद गरिएको छ ।


यो सबै कुरालाई नियाल्ने हो भने कलाकारको अभिनयले ठुलो भूमिका खेलेको छ । धेरै वटा म्युजिक भिडियोमा काम गरिसकेका मोडल पवन थिङले यो म्युजिक भिडियोमा आईसक्दा भने आफ्नो अभिनयमा धेरै सुधार गरेको देखिएको छ । आगामी दिनमा यो भन्दा अझै बढी राम्रो गर्ने प्रयास गर्ने र दर्शकहरुलाई गुनासोको मौका नदिने विश्वास मोडल पवन थिङले ब्यक्त गरेका छन् । उनको आगामी दिनको यात्रा कस्तो हुनेछ भन्ने कुरा चाही समयले नै बताउने छ ।

हेर्नुस भिडियो :

Comments