मलेसियाको रमणीय वातावरणमा यसरी किचियो मोडल पवन थिङको नया म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७५, २४ जेष्ठ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
लामो समय देखि मलेसियामा बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा दुख गरिरहेका मोडल पवन थिङको नया म्युजिक भिडियो अब रिलिजको तयारीमा छ । केहि दिन अगाडी मात्र भिडियोको छायांकन सकिएको उनले जानकारी दिएका छन् । उनको अनुसार गीतको भिडियो छायांकन मलेसियामा नै गरिएको हो ।


उनको रिलिजको तयारीमा रहेको गीतको बोल भने “मनमा बास मागी” रहेको छ । गीतमा नव गायक संजय तामाङको स्वर समावेश रहेको छ । गीत सेन्टिमेन्टल जनरामा तयार गरिएको मोडल पवन थिङले बताए । अहिले सम्म फरक फरक किसिमको म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले यसपटक भने केहि फरक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त भएको बताए ।

पहिलेको तुलनामा अहिलेको भिडियो केहि बेग्लै रहेको र प्रेम र सम्बन्धको र बिछोडको कुरा भिडियोमा चित्रण गरीएको उनको भनाई रहेको छ । भिडियोमा उनि संगै मोडल सुस्मा लिम्बुको अभिनय रहेको छ । भिडियोको छायांकन र निर्देशन दुर्गा बान्तवा राईले गरेका हुन् । यस्तै भिडियोको सम्पादन गर्ने काम भने ललित सिंह साउदले गरेका हुन् ।

Comments